Section 17
मान्यताको लागि दरखास्त दिने
(१) कुनै शिक्षण संस्थाबाट पशु चिकित्सा सम्बन्धी विषयमा
डिग्री, डिप्लोमा, प्रमाणपत्र वा यस्तै अन्य उपाधि प्राप्त गर्ने व्यक्तिले सोको मान्यताको लागि
परिषद्समक्ष तोकिए बमोजिम दरखास्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त उपर छानविन गरी परिषद्ले मान्यता दिएको
डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा
प्रकाशन गरिनेछ ।